Loading...
यजुर्वेद अध्याय - 25

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 25/ मन्त्र 13
    ऋषिः - प्रजापतिर्ऋषिः देवता - परमात्मा देवता छन्दः - निचृत त्रिष्टुप् स्वरः - धैवतः
    1

    यऽआ॑त्म॒दा ब॑ल॒दा यस्य॒ विश्व॑ऽउ॒पास॑ते प्र॒शिषं॒ यस्य॑ दे॒वाः।यस्य॑ छा॒याऽमृतं॒ यस्य॑ मृ॒त्युः कस्मै॑ दे॒वाय॑ ह॒विषा॑ विधेम॥१३॥

    स्वर सहित पद पाठ

    यः। आ॒त्म॒दा। इत्या॑त्म॒ऽदाः। ब॒ल॒दा इति॑ बल॒ऽदाः। यस्य॑। विश्वे॑। उ॒पास॑त॒ इत्यु॑प॒ऽआस॑ते। प्र॒शिष॒मिति॑ प्र॒ऽशिष॑म्। यस्य॑। दे॒वाः। यस्य॑। छा॒या। अ॒मृत॑म्। यस्य॑। मृ॒त्युः। कस्मै॑। दे॒वाय॑। ह॒विषा॑। वि॒धे॒म॒ ॥१३ ॥


    स्वर रहित मन्त्र

    यऽआत्मदा बलदा यस्य विश्व उपासते प्रशिषँयस्य देवाः । यस्य छायामृतँयस्य मृत्युः कस्मै देवाय हविषा विधेम ॥


    स्वर रहित पद पाठ

    यः। आत्मदा। इत्यात्मऽदाः। बलदा इति बलऽदाः। यस्य। विश्वे। उपासत इत्युपऽआसते। प्रशिषमिति प्रऽशिषम्। यस्य। देवाः। यस्य। छाया। अमृतम्। यस्य। मृत्युः। कस्मै। देवाय। हविषा। विधेम॥१३॥

    यजुर्वेद - अध्याय » 25; मन्त्र » 13
    Acknowledgment

    व्याखान -

    हे मनुष्य हो ! यः = जुन परमात्मा हामीहरुलाई आत्मदा: = आत्मा र आत्मज्ञानादि को दाता हो, जीवन र प्राणदिने तथा बलदा: = त्रिविधबल दिने पहिलो मानस- 'विज्ञानबल' दोस्रो - 'इन्द्रियबल' अर्थात् श्रोत्रादि को स्वास्थ्यता, तेजोवृद्धि र तेस्रो हो - ‘शरीरबल’ नैरोग्य, महापुष्टि, दृढाङ्गता र वीर्यादि वृद्धि - ई तीन प्रकार का बल दाता हो जसको प्रशिषम् = अनुशासन [शिक्षा मर्यादा ] लाई देवाः= विद्वान् हरु यथावत् मान्दछन् । सबै प्राणी-अप्राणी जड् चेतन, विद्वान् वा मूर्ख तेस परमात्मा का नियम हरु को कसैले कहिल्यै पनि उल्लङ्घन गर्न सक्तैनन्, जस्तै कि कान ले सुन्ने र आँखा ले हेर्ने यसको उल्टो कसैले गर्न सक्दैन । यस्य = जसको छाया= आश्रय नै अमृतम् = विज्ञानी हरु को 'मोक्ष' कहलाउँछ । तथा जस्को अछाया [अकृपा ] दुष्टजन हरु का लागी बारम्बार मरण र जन्मरूप महावक्लेशदायक हो हे सज्जन मित्र हो ! उही एक परमसुखदायक पिता हो । आउनु होस् कस्मै देवाय हविषा विधेम = हामी सबै जना मिलेर ऊ संग प्रेम गरौं, उसमा विश्वास र उसको भक्ति गरौँ, कहिल्यै उसलाई छोडेर अन्य लाई उपास्य न मानौं । उसले हामीलाई अत्यन्त दिने छ यसमा अलिकति पनि सन्देह छैन ॥४८॥ 

    इस भाष्य को एडिट करें
    Top