यजुर्वेद - अध्याय 40/ मन्त्र 8
ऋषिः - दीर्घतमा ऋषिः
देवता - आत्मा देवता
छन्दः - स्वराड्जगती
स्वरः - निषादः
1
स पर्य॑गाच्छु॒क्रम॑का॒यम॑व्र॒णम॑स्नावि॒रꣳ शु॒द्धमपा॑पविद्धम्।क॒विर्म॑नी॒षी प॑रि॒भूः स्व॑य॒म्भूर्या॑थातथ्य॒तोऽर्था॒न् व्यदधाच्छाश्व॒तीभ्यः॒ समा॑भ्यः॥८॥
स्वर सहित पद पाठसः। परि॑। अ॒गा॒त्। शु॒क्रम्। अ॒का॒यम्। अ॒व्र॒णम्। अ॒स्ना॒वि॒रम्। शु॒द्धम्। अपा॑पविद्ध॒मित्यपा॑पऽविद्धम् ॥ क॒विः। म॒नी॒षी। प॒रि॒भूरिति॑ परि॒ऽभूः। स्व॒यम्भूरिति॑ स्वय॒म्ऽभूः। या॒था॒त॒थ्य॒त इति॑ याथाऽत॒थ्य॒तः। अर्था॑न्। वि। अ॒द॒धा॒त्। शा॒श्व॒तीभ्यः॑। समा॑भ्यः ॥८ ॥
स्वर रहित मन्त्र
स पर्यगाच्छुक्रमकायमव्रणमस्नाविरँ शुद्धमपापविद्धम् । कविर्मनीषी परिभूः स्वयम्भूर्याथातथ्यतोर्थान्व्यदधाच्छाश्वतीभ्यः समाभ्यः ॥
स्वर रहित पद पाठ
सः। परि। अगात्। शुक्रम्। अकायम्। अव्रणम्। अस्नाविरम्। शुद्धम्। अपापविद्धमित्यपापऽविद्धम्॥ कविः। मनीषी। परिभूरिति परिऽभूः। स्वयम्भूरिति स्वयम्ऽभूः। याथातथ्यत इति याथाऽतथ्यतः। अर्थान्। वि। अदधात्। शाश्वतीभ्यः। समाभ्यः॥८॥
विषय - स्तुतीविषय :
व्याखान -
सः पर्यगात् = त्यो परमात्मा आकाश जस्तै सबै ठाऊँ मा परिपूर्ण[व्यापक]छशुक्रम्=सम्पूर्ण जगत् को कर्ता उही हो।अकायम्= र त्यो कहिल्यै शरीर धारण [अवतार] गर्दैन, त्यो अखण्ड, अनन्त र निर्विकार हुना ले कहिल्यै पनि देह धारण गर्दैन । ऊ भन्दा पहिले को कुनै पदार्थ छैन, एस कारण ईश्वर को शरीर धारण कहिल्यै सिद्ध हुनसक्तैन । अव्रणम् = ऊ अखण्ड, एकरस, अच्छेद्य, अभेद्य, निष्कम्प र अचल छ, एसकारण उसमा अंशांसि भाव पनि छैन । किनकि उसमा कुनै प्रकार को पनि छिद्र हुन सक्तैन अस्नाविरम् = नाडी आदि को प्रतिबन्ध [निरोध] पनि उसको हुन सक्तैन । अतिनै सूक्ष्म हुनाले ईश्वर को कुनै अवतरण हुन सक्तैन । शुद्धम् = त्यो परमात्मा सदैव निर्मल, अविद्यादि क्लेश, जन्म, मरण, हर्ष, शोक, क्षुधा, तृषादि दोषोपाधि हरु देखि रहित छ । शुद्ध को उपासना गर्ने शुद्ध नै हुन्छ । र मलिन को उपासना गर्ने मलिन नै हुन्छ । अपापविद्धम् = परमात्मा कहिल्यै अन्याय गर्दैन किन भने ऊ सदैव न्यायकारी नै हो । कविः=त्रैकालज्ञ [ सर्ववित्] महाविद्वान्, जसका विद्या को अन्त कसैले कहिल्यै लिन सक्तैन । मनीषी= समस्त जीव हरु को मन [विज्ञान] को साक्षी सबैको मन लाई दमन गर्ने । परिभू: = -सबै दिशा हरु मा र सबै ठाँउ मा परिपूर्ण भई रहेछ, सबैमाथि विराजमान छ। स्वयंभूः-जसको आदिकारण- माता-पिता, उत्पादक कोहि छैन, किन्तु ऊ नै सबैको आदिकारण हो । याथातथ्यतोर्थान् व्यदधाच्छाश्वतीभ्यः समाभ्यः= तेस ईश्वर ले आफ्ना प्रजा लाई यथावत् सत्य, सत्यविद्या जुन चार वेद हुन् तिनको सबै मानिस हरु लाई परम हितार्थ उपदेश गरेको छ, त्यो हाम्रो दयामय पिता परमेश्वरले बडो कृपा गरी अविद्यान्धकार को नाशक वेदविद्यारूप सूर्य प्रकाशित गरेको छ अरू सबैको आदिकारण परमात्मा हो, यस्तो अवश्य मान्नु पर्दछ, एवं विद्यापुस्तक को पनि आदिकारण ईश्वर लाई नै निश्चित मान्नु पर्दछ, विद्या को उपदेश ईश्वर ले आफ्नो निज कृपा ले गरेको छ । किनकि हामी हरु का लागी उसले सबै पदार्थ हरु दान गरेको हो भने विद्या को दान किन गर्दैन थ्यो? सर्वोत्कृष्ट विद्या-पदार्थ को दान परमात्मा ले अवश्य गरेको हो अरू वेद बाहेक अर्को कुनै पुस्तक संसार मा ईश्वरोक्त छैन । जसरी पूर्ण विद्यावान् र न्यायकारी ईश्वर छ । तेसरी नै वेदपुस्तक पनि हुन् । अन्य कुनै पुस्तक ईश्वरकृत, वेदतुल्य वा अधिक छैनन् । यस विषय मा विस्तृत विचार मँद्वारा लिखित ग्रन्थ “सत्यार्थप्रकाश” मा हेर्नु होला ॥ २ ॥
इस भाष्य को एडिट करेंAcknowledgment
Book Scanning By:
Sri Durga Prasad Agarwal
Typing By:
N/A
Conversion to Unicode/OCR By:
Dr. Naresh Kumar Dhiman (Chair Professor, MDS University, Ajmer)
Donation for Typing/OCR By:
N/A
First Proofing By:
Acharya Chandra Dutta Sharma
Second Proofing By:
Pending
Third Proofing By:
Pending
Donation for Proofing By:
N/A
Databasing By:
Sri Jitendra Bansal
Websiting By:
Sri Raj Kumar Arya
Donation For Websiting By:
N/A
Co-ordination By:
Sri Virendra Agarwal