Loading...
यजुर्वेद अध्याय - 13

मन्त्र चुनें

  • यजुर्वेद का मुख्य पृष्ठ
  • यजुर्वेद - अध्याय 13/ मन्त्र 3
    ऋषिः - वत्सार ऋषिः देवता - आदित्यो देवता छन्दः - निचृत्त्रिष्टुप् स्वरः - धैवतः
    1

    ब्रह्म॑ जज्ञा॒नं प्र॑थ॒मं पु॒रस्ता॒द्वि सी॑म॒तः सु॒रुचो॑ वे॒नऽआ॑वः। स बु॒ध्न्याऽ उप॒माऽ अ॑स्य वि॒ष्ठाः स॒तश्च॒ योनि॒मस॑तश्च॒ वि वः॑॥३॥

    स्वर सहित पद पाठ

    ब्रह्म॑। ज॒ज्ञा॒नम्। प्र॒थ॒मम्। पु॒रस्ता॑त्। वि। सी॒म॒तः। सु॒रुच॒ इति॑ सु॒ऽरुचः॑। वे॒नः। आ॒व॒रित्या॑वः। सः। बु॒ध्न्याः᳖। उ॒प॒मा इत्यु॑प॒ऽमाः। अ॒स्य॒। वि॒ष्ठाः। वि॒स्था इति॑ वि॒ऽस्थाः। स॒तः। च॒। योनि॑म्। अस॑तः। च॒। वि। व॒रिति॑ वः ॥३ ॥


    स्वर रहित मन्त्र

    ब्रह्म जज्ञानम्प्रथमम्पुरस्ताद्वि सीमतः सुरुचो वेनऽआवः । स बुध्न्याऽउपमाऽअस्य विष्ठाः सतश्च योनिमसतश्च विवः ॥


    स्वर रहित पद पाठ

    ब्रह्म। जज्ञानम्। प्रथमम्। पुरस्तात्। वि। सीमतः। सुरुच इति सुऽरुचः। वेनः। आवरित्यावः। सः। बुध्न्याः। उपमा इत्युपऽमाः। अस्य। विष्ठाः। विस्था इति विऽस्थाः। सतः। च। योनिम्। असतः। च। वि। वरिति वः॥३॥

    यजुर्वेद - अध्याय » 13; मन्त्र » 3
    Acknowledgment

    व्याखान -

    हे महनीय परमेश्वर ! तपाईं ब्रह्म = महान् हरु भन्दा पनि महान् हुनुहुन्छ, तपाईं भन्दा महान् अथवा तपाईंका तुल्यकोहि पनि छैन । जज्ञानम् = सम्पूर्ण जगत् मा व्यापक [प्रादुर्भूत ] हुनुहुन्छ । सम्पूर्ण जगत् का प्रथमम्=प्रथम [आदि कारण] तपाईं नै हुनुहुन्छ । सूर्यादि लोक सीमतः=सिमाना सम्म [ मर्यादा सहित] सुरुचः = तपाईंबाटै प्रकाशित छन् । पुरस्तात्=ई सबै लोक हरु लाई अगाडि नै रचना गरेरे आफु स्वयं ले धारण गरि रहनुभएको छ । वि आवः = ई सबै लोक हरु लाई थरि थरि का नियम हरु ले छुट्टा छुट्टै यथायोग्य चलाई रहनु भएको छ । वेनः= तपाईं आनन्दस्वरूप हुनाले एस्तो कुनै जन संसार मा छैन जसले तपाईंको कामना न गरोस् सबै नै तपाईंलाई भेट्न चाहन्छन् तथा तपाईं अनन्त विद्यायुक्त हुनुहुन्छ । सबै प्रकार ले [आसमन्तात्] रक्षक तपाईं नै हुनुहुन्छ । उही तपाईं बुध्न्याः = अन्तरिक्षान्तर्गत पूर्वादि दिशा पदार्थ हरु लाई विवः=विवृत अर्थात् विभक्त गर्नु हुन्छ । ती अन्तरिक्षादि उपमा= सबै व्यवहार हरु मा उपयुक्त हुन्छन् । अरू ती विष्टा:= एस विविध जगत् का निवासस्थान हुन् । सत् = विद्यमान स्थूल जगत् असतः=अविद्यमान् अर्थात् अव्यक्त, चक्षुरादि इन्द्रिय बाट अगोचर एस विविध जगत् का योनिम् = आदिकारण तपाईं लाई नै वेदशास्त्र र विद्वान् हरु भन्दछन्, एसर्थ एस जगत् का माता-पिता तपाईं नै हुनुहुन्छ, हामी सबै का भजनीय इष्टदेव पनि तपाईं नै हुनुहुन्छ ॥ २८ ॥

    इस भाष्य को एडिट करें
    Top